चितवन, ८ बैशाख ।
चितवन जिल्ला स्तरीय मानवअधिकार अवस्था अनुगमन समितिले अाज जिल्लाकाे बस्तुअवस्थाका बिषयमा स्थानीय प्रशासन सङ्ग छलफल गरेको छ । जिल्ला प्रशासन कार्यलय भरतपुरमा भएको छलफलमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले काेभिड १९ राेकथामका सन्दर्भमा हाल जिल्लामा सरकारका तर्फबाट भए गरिएका कार्यहरुबारे प्रकाश पार्नुभयाे । साे क्रममा प्रजिअ भट्टराईले राेग फैलन नदिन उच्च सावधानी अपनाईएकाे, सिमामा निगरानी , चेकजाँच कडाइ गरिएकाे, सडकमा अलपत्र परेकालाई सहयोग पुर्याईएकाे , अावश्यक्ता अनुसार स्वास्थ्य परिक्षण जारी राखिएको, स्थानीय तह मार्फत राहत बितरण गरिएको जानकारी दिनुभयो ।
अहिलेसम्म ३५० जनाकाे अारडिटि र ३०० माथिकै सङ्ख्यामा पिसिअार परिक्षण भएको उहाँले जानकारी दिनुभयाे । थप किटकाे केन्द्रमा माग गरिएको र छिट्टै अाईपुग्ने जनाउँदै परिक्षण तिव्र रुपमा अघि बढ्ने प्रजिअ भट्टराईले बताउनुभयाे । छलफलमा समितिका अध्यक्ष कमलराज पाठक, सदस्यहरु तीर्थ नेपाल, सुरेश अधिकारी सहभागी हुनुहुन्थ्यो ।
समितिका तर्फवाट अध्यक्ष पाठकले राष्ट्रिय मानवअधिकार अायाेगबाट प्राप्त अनुगमन कार्यविधिबारे जानकारी गराउनुभयाे । काेभिड-१९ का सन्दर्भमा गठित यस समितिले नियमित रुपमा सरकारका कामकारबाही, सर्वसाधारणकाे अवस्था, मानवअधिकारकाे अवस्था लगायतका बिषयमा संवन्धित पक्षहरुसंग छलफल र अनुगमन गरिराख्ने अध्यक्ष पाठकले जानकारी दिनुभयाे ।