चितवन- चितवन राष्ट्रिय निकुञ्ज छिचोलेर बस्ती पस्ने जनावर रोक्न बनाइएका सोलार तारबार कतिपय ठाउँमा प्रभावहीन देखिएको छ । मध्यवर्ती क्षेत्रका जनताको जनधनको क्षति व्यहोर्नुपर्ने लामो समयदेखिको पीडा कम गर्न तारबार गरिएको थियो ।
निकुञ्जबाट निस्कने हात्ती, गैंडा, बाघ तथा भालु जस्ता जनावरले जनधनको क्षति गरेर मध्यवर्तीका जनता हैरान भएपछि सौर्यशक्तिबाट चल्ने सोलार तारबार गरिएपनि हात्ती भने सजिलै छिर्ने गरेका छन् । “हात्तीका लागि यो प्रभावकारी भएन”, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिअन्तर्गत बघौडा उपभोक्ता समितिका अध्यक्ष प्रभु महतोले भन्नुभयो, “गैंडाका लागि भने औषधि भएको छ ।” उनका अनु सार तारबार देखेपछि गैंडा जंगलतिरै फर्किने गरेको छ भने हात्तीले त्यसलाई टेर्दैन । “कैयौं ठाउँमा तोडफोड गरेर बस्ती छिरेका छन् ।” सोलार तारबारमा निश्चित ठाउँमा संग्रहित सोलार पावर तारबाट बनाइन्छ ।
तारमा बहेको विद्युतीय शक्तिले जनावरलाई सामान्य झट्का दिन्छ र जनावर तर्सिएर अघि बढ्दैन । मध्यवर्तीका जनता यो तारबार शुरु भएदेखि अधिक समय चैनमा छन् । तर, हात्ती आउन नरोकिएकाले आजित छन् ।





