रवि लामिछाने नमानेपछि विष्णु पौडेल बने सरकारको प्रवक्ता

काठमाडौं, १२ पुस : सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई दिइएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो ।

सूचना प्रविधि तथा सञ्चारमन्त्री नबनेसम्मका लागि पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको एक मन्त्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुरुमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी सम्हाल्न प्रस्ताव गरिए पनि उहाँले उक्त प्रस्ताव अस्वीकार गर्नुभएपछि पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन