चोरबाटो हुँदै भारतबाट आएका रौतहटका दुईजनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १६ वैशाख :

भारतबाट चोरबाटो हुँदै नेपाल आएका रौतहटका दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

जिल्लाको वृन्दावन नगरपालिका वडा नंं ९ भुसाहा बस्ने २४ वर्षीय र देवाही गोनाही नगरपालिका वडा नंं १ करुनीया बस्ने ३५ वर्षीय गरी दुईजना पुरूषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिएका छन । वृन्दावन नगरपालिकाका संक्रमित युवा अहिले घर मै छन्‌।

कलकत्ताबाट आएका ती युवालाई चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित क्वारेन्टाइनमा बसेर यही बैशाख ६ गते घर फर्काइएको थियो। प्रादेशिक ल्याब जनकपुरबाट पिसिआर रिर्पोट नेगेटिभ आएपछि घर फर्काइएको ती युवाको स्वाब  काठमाडौँस्थित केन्द्रीय प्रयोगशालामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको प्रमुख साहले जानकारी दिए।

देवाही गोनाही नगरपालिकाका संक्रमित पुरुष भने क्वारेनटाइनमै रहेका छन् । उनी भारतको राजधानी दिल्लीबाट नेपाल आएका थिए। संक्रमित दुवैजना लकडाउन कार्यान्वयन भएपछि चोरबाटो हुँदै भारतबाट नेपाल छिरेको खुलेको छ।

संबन्धित शिर्षकहरु

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय व्यापार बढाउनेबारे छलफल

अमेरिकी डलरको भाउ आज स्थिर

नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सात टोली सहभागी हुने