लक डाउनमा चितवनका युवाको ताजा तरकारी सेवाः किसान र उपभोक्ता दुबै लाभान्वित

हेमराज रिमाल, चितवन, १६ बैशाख ।
विश्वब्यापी महामारीको रुपमा फैलिईरहेको नोवल कोरोना भाईरस अर्थात कोभिड १९ का कारण नेपाल पनि प्रभावित भईरहेको छ । मुलुकमा गत चैत्र ११ गतेदेखि निरन्तर लकडाउन लागु गरिएपछि सबैजसो क्षेत्र ठप्प हुँदैगर्दा अत्यावश्यकिय खाद्यान्न, तरकारी लगायतका सामग्रीको अभाव बजारमा देखिएको छ भने किसानका बारीमै करौंडौको तरकारी खेर गईरहेको अवस्था छ । यसै विषम परिस्थितीलाई मध्यनजर गर्दै चितवनका तिन जना युवाले किसान र आम उपभोक्ताबिच मध्यस्थताको भुमिका खेलिरहेका छन् ।

भरतपुर महानगरपालिका वडा नम्बर ४ स्थायी बसोबास भएका नविन कंडेल, प्रदिप कंडेल र विनोद गैरेले मिलेर अहिले सामाजिक सञ्जाल फेसबुकको उपयोग गर्दै भरतपुर क्षेत्रमा उत्पन्न हरियो तरकारीको अभाव केही हदसम्म पुर्ती गर्ने प्रयास गरिरहेका छन् । नविन एम बि ए तह अध्ययनरत विद्यार्थी हुन् भने प्रदिप र विनोदले बि एस्सी तहमा अध्ययन गर्दै छन् । उनीहरुले बैशाख १४ गतेदेखि यो कामको थालनी गरेका हुन् ।

उनीहरुले पारस नगर, गीतानगर क्षेत्रका किसानको खेतबारीमै गई हरियो तरकारी खरिद गर्दछन् भने आँफुहरुले बनाएको फेसबुक पेज मार्फत प्राप्त कमेन्ट तथा म्यासेजका आधारमा उपभोक्तालाई बिक्री गर्दछन् । खरिद मुल्यमा सामान्य ढुवानी खर्च जोडेर बिक्री मुल्य सूची तयार गरिने नविनले जनाएका छन् । उनका अनुसार यस्तो मुल्यसूचि पहिले नै फेसबुक पेजमा सार्बजनिक गरिन्छ र सोही अनुसार बिक्री वितरण गर्ने गरिन्छ ।

सुरुवाती चरणमै यस प्रकारको कामबाट हौसला मिलेकाले खुसी लाग्ने गरेको उनीहरुको भनाई छ । यी तिनभाई युवाहरुले कोही कसैलाई ताजा तरकारी आवश्यक परे सम्पर्क गर्न आग्रह गर्दै मोबाईल नम्बर पनि सार्बजनिक गरेका छन् ।

नविन कंडेल ९८४३७७७७९०
प्रदिप कंडेल ९८४३२४००९१
विनोद गैरे ९८४५९३९२७३

 

संबन्धित शिर्षकहरु

नेपालको महिला टोली एसिया कपमा छनोट हुन सकेन

रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित

सुनको भाउ आज तोलामै १० हजार १०० रुपैयाँले घट्यो