पेरूमा सरकार विरूद्ध प्रदर्शनमा १८ जनाको मृत्यु, १ सय बढी घाइते

काठमाडौं, २७ पुस : पेरुमा पूर्वराष्ट्रपति पेद्रो कास्टिलोको रिहाइको माग गर्दै भएको प्रदर्शनका क्रममा १८ जनाको मृत्यु भएको छ ।

गत हप्तादेखि जारी प्रदर्शनका क्रममा हालसम्म मृत्यु हुनेको संख्या ३४ पुगेको हाे । प्रदर्शनका क्रममा १ सय भन्दा बढी प्रदर्शनकारीहरू घाइते भएका छन् । प्रदर्शनमा ३८ प्रदर्शनकारी पक्राउ परेका छन् । संसद विघटन गर्ने प्रयास गरेको भन्दै महाअभियोग लगाएर पद मुक्त गरिएका पूर्वराष्ट्रपति कास्टिलो पेरुको कारागारमा रहेका छन् ।

कास्टिलोका हजारौं समर्थकले पेरुमा राष्ट्रपतिय निर्वाचन र उनको रिहाईको माग गर्दै ब्यापक प्रदर्शन गरेपछि राजधानी लिमा लगायतका शहरहरुमा कर्फ्यू आदेश जारी गरिएको छ । प्रदर्शनकारीहरुले राजधानीमा रहेको बिमानस्थलमा समेत प्रदर्शन गरेपछि स्थिति नियन्त्रणमा लिन गरेको बल प्रयोगपछि भएको झडपमा प्रदर्शनकारीको मृत्यु भएको हो ।

प्रदर्शनकारीले केही दिन अघि मात्र पदभार ग्रहण गर्नुभएकी राष्ट्रपति डिना बोलुआर्तेको राजीनामा समेत माग गरेका छन् ।

संबन्धित शिर्षकहरु

आफ्नै रेकर्ड तोड्दै कामिरिता शेर्पा ३२औँ र ल्हाक्पा शेर्पा ११औँ पटक सगरमाथा शिखरमा

ट्रम्पको चेतावनीका बाबजुद स्वतन्त्र र सार्वभौम देश भएको ताइवानको घोषणा

कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा