देवघाटका भोका बाँदरलाई रोटर्याक्ट क्लवहरुको खाना

चितवन १७ वैशाख

विश्वव्यापी रुपमा फैलिरहेको नोबेल कोरोना भाइरसबाट बच्न देशमा लकडाउन थपीयको छ । हुनेखानेहरु घरमै परिवारसँग बसेर दिनैपिच्छे मिठा–मिठा परिकारहरु खाँइरहेको बेला अरुको आशामा खानेकुरा कुरेर बस्ने देवघाट क्षेत्रका बाँदरहरुलाई आहाराको कमी भएको महशुस गरि राहत होस भन्ने उद्देश्यले चितवनमा सकृय रहेका तिन रोटर्याक्ट क्लवहरुले देवघाटमा रहेका भोका बाँदरलाई खाना खुवाएका छन् ।

उनिहरुले बाँदर रहेका स्थान पहिचान गरी चामल, मकै, भिजाएको चना, केराउ र बिस्कुट खुवाएका हुन् । २ दिन अघि पनि यसै गरी बाँदरलाई खाद्यान्न उपलब्ध गराएको र अवस्था हेरी यस्तो कार्यक्रमलाई निरन्तरता दिने रोटर्याक्ट क्लव अफ भरतपुरका उपाध्यक्ष गोविन्द पराजुलीले बताउनु भयो । यसै गरी आजै देवघाट स्थित रोटरी करुणालय (वृद्धाश्रम) मा चामल सहयोग गर्नुका साथै त्यहाँ आश्रित ४० जना वृद्धा वृद्धा तथा कर्मचारीहरु लाई माक्स हस्तान्तरण गरेको रोटर्याक्ट क्लव अफ नारायणगढ़का अध्यक्ष सन्तोष थापाले जानकारी दिनुभयो ।

रोटर्याक्ट क्लव अफ चितवनका निर्वाचित अध्यक्ष रोशन खरेलको समयोजकत्व मा भएको कार्यक्रम मा जोनल रोटर्याक्ट प्रतिनिधि (जेडआरआर) निरज खनाल ज्युको विशेष उपस्तिथि रहेको थियो । रोटर्याक्ट क्लव अफ भरतपुरका सदस्य अर्जुन लामिछाने, रोटर्याक्ट क्लव अफ चितवनका सदस्य कुशल खनाल, रोटर्याक्ट क्लव अफ नारायणगढ्का निवार्चित अध्यक्ष प्रदिप खरेलको उपस्थितिमा देवघाट बजार क्षेत्र र बाँदरको घनत्व बढी भएको क्षेत्रहरुमा बाँदरलाई खानेकुरा खुवाइएको हो ।

संबन्धित शिर्षकहरु

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय व्यापार बढाउनेबारे छलफल

अमेरिकी डलरको भाउ आज स्थिर

नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सात टोली सहभागी हुने