पत्रकारलाई धम्की दिने माथि कार्बाही गरियोस : पत्रकार महासंघ

चितवन, १७ वैशाख :

नेपाल पत्रकार महासंघ चितवन शाखाले समाचार लेखेको विषयलाई लिएर धम्क्याउनेलाई कार्बाही गर्न सम्वन्धीत निकायसंग माग गरेको छ ।

नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाद्धारा जारी विज्ञप्तिमा समाचारको विषयलाई लिएर धम्कीको भाषामा विज्ञप्ति जारी गरी चेतावनी दिएको थियो । बुधबार जारी विज्ञप्तीमा भरतपुर कोरोना अस्पतालको विषयमा प्रकाशित समाचारलाई लिएर पत्रकार सुवास पण्डिलाई कर्मचारी संगठनले नै कारवाही गर्ने धम्की दिएको प्रति खेद प्रकट गरेको छ ।

विज्ञप्तिमा भनिएको छ त्यस्ता धम्की दिनेलाई कारवाही गर्न महासंघले माग गरेको हो ।

महासंघले धम्की दिने व्यक्तिको पहिचान गरी कानुनी दायरामा ल्याउन, घटनामा संलग्नमाथि कारवाही गर्न, पत्रकारको संवैधानिक अधिकारको ख्याल गरी पत्रकारको सुरक्षामा संवेदनशील बन्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ । विज्ञप्तीमा भनिएको छ–‘अस्पतालका विषयमा प्रकाशितरप्रसारित समाचार र लेख्ने पत्रकारलाई लक्षित गरी अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी संघ र अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी संगठनलगायतले विज्ञप्ती नै निकालेर ‘समाचार लेख्ने व्यक्तिहरुको पहिचान गरी आफैले आवश्यक कारवाही गर्ने’ चेतावनीसहित धम्की दिनु निन्दनीय र खेदजनक छ ।

प्रकाशित समाचार प्रति कुनै गुनासो भए कानुनी उपचारका मार्ग प्रशस्त हुँदाहुँदै पत्रकारलाई धम्की दिनु आपत्तिजनक छ ।’ केही दिन अघि सिसिटिभी फुटेजसहित कोरोना अस्पतालकै कर्मचारीले रातीको समयमा स्टोरबाट सामग्रीहरु चोरी गरी बाहिर निकालिएको समाचार प्रकाशित गरिएको थियो ।

 

संबन्धित शिर्षकहरु

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय व्यापार बढाउनेबारे छलफल

अमेरिकी डलरको भाउ आज स्थिर

नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सात टोली सहभागी हुने