काठमाडौं, ३ माघ :
साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ५ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार १ सय रूपैयाँले घटेर एक लाख ५ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख ४ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि मंगलबार १० रूपैयाँले घटेर १ हजार ३९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




