चितवन, १७ बैशाख :
चितवनको भरतपुरमा गत चैत्र ७ गते देखि सञ्चालनमा आएको कोरोना विशेष अस्थायी अस्पताल अहिले विवादमा तानिएको छ ।
भरतपुर महानगर पालिका, चितवन उद्योग संघ, भरतपुर अस्पताल लगाएत मिलेर उद्योग संघकै प्रदर्शनी केन्द्रमा संचालनमा ल्याईएको यो अस्पतालको शंकास्पद सिसि टिभि फुटेज सोमबार राती बाहिरिएसंगै विवाद उत्कर्षमा आएको हो । कोरोना नामको अस्पताल एकातिर र उपचार भने अर्कोतिर भरतपुर सरकारी अस्पतालमा गरिएको र आर्थिक पारदर्शिता समेत नभएको भन्दै केहिदिन अघिदेखि नै गाईगुई सुनिएको थियो । यस लगत्तै सरोकार वाला निकाय सबै मिलेर उद्योग संघका अध्यक्ष राजु पौडेललाई छानबिन समितीको संयोजक तोकयो । यो समितीले पुर्णता नपाउँदै भिडियो काण्ड बाहिरिएपछि पौडेलले राजीनामा दिए ।
कोरोना विशेष नाम दिईएको यो अस्थायी अस्पताल अहिले भरतपुर सरकारी अस्पतालकै मातहतमा संचालित छ । यहाँ भएको हुनसक्ने अनियमितताबारे अख्तियार आकर्षित भएको छ भने हेटौंडा कार्यालयबाट एक टोली मंगलबार दिउँसो अस्पताल परिसरमै पुगेर महत्वपुर्ण कागजात नियन्त्रणमा लिएको अवस्था छ । यी विभिन्न घटनाक्रमहरु विकसित हुँदै जाँदा स्वास्थ्यकर्मी, अस्पताल प्रशासन, भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट लगाएतले घटनाको बचाउमा फरक फरक विज्ञप्ति निकालेका छन् । अख्तियारले छानबिन सुरु गरिसकेको घटनामा केही भएकै छैन जसरी लिखित बक्तब्यबाजी हुनुलाई स्वभाविक मान्न सकिन्न्न ।
यतिमात्र होईन भरतपुर सरकारी अस्पतालका अध्यक्ष समेत रहेका कोरोना अस्पतालका प्रबक्ता डा. भोजराज अधिकारीले त विज्ञप्ति मार्फत सामान सार्न लाग्दाको फुटेज बाहिरिएको सम्म भन्न भ्याएका छन् । घटनामा राजनितिक रङ मिसिन थालेको भान हुन्छ । यसबारे कुरागर्न खाज्दा उनले हामीसंग बोल्न मानेनन् ।
हाल करौंडौ लगानीको यो कोरोना विशेष अस्थायी अस्पताल उपयोग बिहिन जस्तो देखिएको छ भने कोरोनाको उपचार समेत भरतपुर सरकारी अस्पतालमै सञ्चालन गरिंदा थप जटिलता उत्पन्न भएको छ । स्वास्थ्य सेवा प्रभावित भएको छ । भरतपुर अस्पताल आउँने बिरामीहरुले यस्तो गुनासो पाखेका छन् ।
आम जनताको प्रत्यक्ष स्वास्थ्य संग सम्बन्धित विषयहरुमा खेलवाड गरिनु हुँदैन । प्रदेश सरकारको एक करोड प्रत्यक्ष लगानी का साथै अरु थुप्रै निकायबाट प्राप्त करौंडौंको लगानीमा संचालन गरिएका संरचनाहरु यत्तिकै प्रयोग बिहिन नहुन् । चर्चाका लागि मात्रै काम नहोस् । र अस्पतालमा अनियमिता भएको रहेछ भने दोषीलाई उन्मुक्ति नहोस् । हाम्रो भन्नु यक्ति ।
हेर्नुहोस् भिडियो.