अन्तर्राष्ट्रिय फुटबलमा कोरोनाको प्रभाव तीन वर्षसम्म पर्ने अनुमान

काठमाडौं, १८ वैशाख :

कोरोना भाइरसको प्रभाव अन्तर्राष्ट्रिय फुटबलमा आगामी तीन वर्षसम्म पर्ने युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले जनाएको छ ।

युरोपियन लिगका अध्यक्ष लार्स–क्रिष्टर ओल्सोनले कोरोना भाइरसको महामारीले परेको प्रभाव यकिन रुपमा थाहा पाउनका लागि पर्ख र हेरको अवस्था रहेको बताए । यो महामारीको प्रभाव सन् २०२२ को कतार विश्व कपमा पनि पर्ने देखिएको उनले बताए ।

युइएफएले च्याम्पियन्स लिग र युरोपा लिगका यो सिजनका बाँकी खेल आउँदो अगस्टमा सम्पन्न गर्ने अपेक्षा गरेको छ । तर यसको निर्णय भने अवस्था हेरेर मे को अन्त्यतिर लिइने जनाइएको छ । कोरोना भाइरसको महामारीका कारण अहिले विश्वका सबैजसो फुटबल गतिविधि रोकिएका छन् ।

यसकै कारण युरो पक २०२० र महिला युरो कप २०२१ एक–एक वर्ष पछि धकेलिएका छन् ।

 

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा