चितवनमा दुई वटा गैँडा मृत फेला

चितवन, ६ माघ : 

चितवनमा दुई वटा गैँडा मारिएको अवस्थामा भेटिएका चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । एउटा झण्डै चार वर्षको बच्चा गैँडा र अर्को झण्डै १४ वर्षको माउ गैँडा मारिएको अवस्थामा भेटिएका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका वडा नम्बर २ सेहरी नजिकै नारायणी नदीको भङ्गालोमा दुईवटा गैँडा मरेको अवस्थामा भेटिएको उहाँले बताउनुभयो । बच्चा गैँडा विद्युतीय धरापमा परेको पाइएको र माउ गैँडाको खाग काटेर लगेको अवस्थामा भेटिएकाले दुवै गैँडा चोरी सिकारीले मारेको हुनसक्ने निकुञ्जले जनाएको छ ।

घटनाका बारेमा अनुसन्धान सुरु गरिएको निकुञ्जले जनाएको छ । यो सहित गएको साउनपछि चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा १० वटा गैँडा मरेका निकुञ्जको तथ्याङ्क छ ।

 

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन