कोरोना अस्पताल प्रकरणका दोषीमाथी कारबाही हुन्छः प्रजिअ भट्टराई

गिता घिमिरे, भरतपुर, २१ बैशाख :

चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले भरतपुर कोरोना विशेष अस्थायी अस्पतालमा उत्पन्न विवाद र आर्थिक अनियमितताबारे अनुसन्धान जारी रहेको बताउँनुभएको छ ।

घटनामा अख्तियार आकर्षित भईसकेको अवस्थामा जिल्ला प्रशासनले समेत अलग्गै अनुसन्धान गरिरहेको उहाँको भनाई छ । आज बिहान रेडियो त्रिवेणी र चितवन पाटी डटकम संग संयुक्त रुपमा कुराकानी गर्दै उहाँले यस्तो बताउँनुभएको हो ।

“हाल अनुसन्धानकै क्रममा छौं, केही तथ्यहरु पत्ता लागिसकेका छन्”, प्रमुख जिल्ला अधिकारी भट्टराईले भन्नुभयो – “अनुसन्धानले निष्कर्ष निकालेपछि दोषीमाथी अवश्य कारबाही हुनेछ । साथै उहाँले चितवनमा लक डाउन कडाईका साथ जारी रहेको र तत्काल यो खुकुलो पार्ने कुरा सोच्न समेत नसकिने बताउँनुभयो ।

बिपत ब्यवस्थापन लगाएतका केही महत्वपुर्ण क्षेत्रमा निर्माण सम्बन्धि कामहरु सञ्चालन गरिएको र यस्तो अवस्थामा समेत सामाजिक दुरी कायम गर्ने, सेनिटाईजरको प्रयोग गर्ने लगाएतका सुरक्षाका उपायहरु अपनाईएको उहाँले बताउँनुभयो ।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’