जेरुसेलम, १६ माघ :
इजरायली सेनाले आइतबार सिरियाली सीमा नजिकै दुई हतियारधारी व्यक्तिलाई गोली हानेको छ । गोली प्रहारबाट एकजनाको मृत्यु भएको छ भने अर्को घाइते भएको बताइएको छ ।
इजरायली सेनाले जारी गरेको विज्ञप्तिअनुसार दुई व्यक्ति सिरियाबाट सीमा पार गरेर दक्षिणी गोलान हाइट्सको सुरक्षा बारमा पुग्दा उक्त घटना भएको हो।
घटनास्थलमा पठाइएका सैनिकहरूले उनीहरूमाथि गोली प्रहार गरेको र इजरायली सेनातर्फ कुनै हताहत नभएको बताइएको छ ।
सिरियामा इरानी लक्ष्यहरूमा इजरायलले बारम्बार हवाई आक्रमण गर्ने बावजुद इजरायल(सिरियाली सीमा धेरै हदसम्म शान्त रहेको छ।
गोलान हाइट्स एक विवादित क्षेत्र हो जसलाई इजरायलले सन् १९६७ मध्य पूर्व युद्धमा सिरियाबाट कब्जा गरेको थियो र सन् १९८१ मा गाभिएको थियो । यस क्षेत्रलाई अधिकांश अन्तरराष्ट्रिय समुदायले मान्यता दिएका छैनन् ।





