अभिनेता पल शाहलाई अदालतमा उपस्थित गराउन आदेश

दमौली, २३ माघ :

बालयौन दुराचारको मुद्दामा नवलपुर अदालतको फैसलापछि तनहुँ कारागारको थुनामा रहेका अभिनेता पूर्णविक्रम ९पल० शाहलाई अदालतमा उपस्थित गराउन उच्च अदालतले आदेश दिएको छ ।

नाबालिगलाई यौन दुराचार गरेको अभियोगमा नवलपुर जिल्ला अदालतले शाहलाई दुई वर्ष छ महिना कैद र १० लाख क्षतिपूर्तिको फैसला सुनाएकामा उच्च अदालत पोखराले शाहलाई १५ दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

उक्त फैसलाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय र शाह पक्षले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए । उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले दुवै पक्षलाई झिकाउने आदेश दिएको शाहका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिनुभयो ।

नाबालिगमाथि जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ अदालतमा परेको मुद्दामा शाहले सफाइ पाइसकेका छन् ।

नवलपुर अदालतको फैसला भुक्तानका लागि शाह यतिबेला तनहुँ कारागारमा छन् । नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो । रासस

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ