शेयर बजार झन्डै ६१ अङ्कले घटेर राताम्मे, ३ अर्ब ४ करोड रुपैयाँको कारोबार

काठमाडौँ, २९ माघ : 

हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ६० दशमलव ७७ अङ्कले घटेर दुई हजार एक सय २१ दशमलव ८७ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, जलविद्युत् र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय ५३ वटा कम्पनीका ८१ लाख ३९ हजार कित्ता शेयर तीन अर्ब चार करोड ७७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको १४ करोड ३५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै ङादी ग्रुप पावर, हिमालयन पावर पार्टनर, खानीखोला जलविद्युत्, ग्रीन लाइफ हाइड्रो, वरुण हाइड्रो र राधी जलविद्युत् कम्पनीको शेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि आज खप्तड लघुवित्तको शेयर साढे चार प्रतिशत र साम्लिङ पावर कम्पनीको शेयर साढे तीन प्रतिशतले बढेको छ ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन