आज दिउँसो साढे १ बजेसम्म बैंक खुला हुने

काठमाडौँ, १ फागुन : 

नेपाल राष्ट्र बैंकले आज (सोमबार) दिउँसो साढे १ बजेसम्मका लागि बैंक खोल्न निर्देशन दिएको छ ।

सरकारले (फागुन १) सार्वजनिक बिदा दिएको भए पनि १० बजेदेखि दिउँसो १ः३० बैंकहरु खोल्नका लागि राष्ट्र बैंकले निर्देशन दिएको हो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबारका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
यसबारे गृह मन्त्रालयले सूचना समेत जारी गरिसकेको छ ।

‘जनयुद्ध दिवस’का अवसरमा सरकारले सार्वजनिक बिदाको निर्णय लिए पनि राष्ट्र बैंकले नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बैंकहरूलाई निर्देशन दिएको हो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा