नेपाल–पाकिस्तान मैत्रिपूर्ण ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक

काठमाडौं, ९ फागुन :

पाकिस्तानी दूतावसको आयोजनामा हुने आठौं संस्करणको नेपाल–पाकिस्तान मैत्रिपूर्ण ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी सोमवार सार्वजनिक गरिएको छ।

पाकिस्तानी दूतावासमा आयोजित एक कार्यक्रममा प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको हो। सार्वजनिक कार्यक्रमपछि बोल्दै नेपाली टोली पूर्वकप्तान पारस खड्काले प्रतियोगिताबाट नेपाली युवा प्रतिभावान खेलाडीले मौका पाउने गरेको बताए। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हिसावमा युवा खेलाडीले खेल्ने गरे पनि दूतावासले आयोजना गर्दै आएको प्रतियोगिताले युवा खेलाडीलाई मौका दिने गरेको खड्काले बताए।

खड्काले पाकिस्तानी दुतावासमा रहेको मैदान नेपालमा भएको मैदान मध्यको सेवा सुविधा सम्पन्न मैदान भएको र दुवै देशका सरकारबाट दूतावसमा अवस्थित मैदानलाई पूर्ण रुपको मैदानको रुपमा प्रयोग गर्ने मिल्नेगरी उपलब्ध गराउन आग्रह गरे।

प्रतियोगितामा कुल १२ टोलीले प्रतिष्पर्धा गर्नेछन्। नेपालमा रहेका उदीयमान खेलाडीको हौसला प्रदान गर्नका लागि आयोजना गर्दै आएको छ। प्रतियोगिताको ट्रफी नेपालको तर्फबाट पूर्व कप्तान पारस खड्का र दूतावासका उपराजदूत उमर अलिले संयुक्त रुपमा सार्वजनिक गरे।

प्रतियोगिता १० मार्चदेखि १८ मार्चसम्म आयोजना हुँदैछ। सहभागी १२ टोलीलाई चार समूहमा विभाजन गरी खेलाइनेछ। चार समूहका शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् र सेमिफाइनलमा विजयी टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ