प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा आज हल्का वर्षाको सम्भावना

काठमाडौं, ११ फागुन :

आज पनि प्रदेश १ र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा हुने अनुमान गरिएको छ । यी दुई प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । हिजो प्रदेश १ को ताप्लेजुङमा र गण्डकी प्रदेशको जोमसोमतिर हल्का वर्षा भएको थियो ।

पानी परेपछि त्यस क्षेत्रका किसान खुशी भएका छन् । लामो समयसम्म पानी नपर्दा कृषि बालीमा नोक्सानी भोगिरहेका किसानलाई हिजो हल्का वर्षा हुँदा पनि राहत मिलेको छ ।

जल तथा मौसम विज्ञान ताप्लेजुङ फिल्ड कार्यालयका अनुसार ताप्लेजुङमा पोहोर पुसदेखि फागुन पहिलो हप्तासम्ममा ७१ दशमलव ५ मिलीमिटर वर्षा भएको थियो । यसपालि यही अवधिमा ० दशमलव ७० मिलीमिटर मात्रै पानी परेको छ ।

आज पनि प्रदेश १ र गण्डकी प्रदेशका एकरदुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । अन्य क्षेत्रको मौसम भने आज सामान्यतया सफा नै रहने मौसमविद्ले बताएका छन्।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ