स्पेनिस ला लिगामा रियल मड्रिड एथ्लेटिको मड्रिडसँग बराबरीमा

काठमाडौं, १४ फागुन : 

स्पेनिस ला लिगामा रियल मड्रिड र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् ।

गएराति भएको ‘मड्रिड डर्बी’ मा युवा फरवार्ड अल्भारो रोड्रिग्वेजले गोल गरेपछि रियल मड्रिड हारबाट जोगिएको छ । घरेलु मैदानमा रियलले १० खेलाडीमा समेटिएको एट्लेटिको मड्रिडसँग १–१ गोलको बराबरी खेलेको हो ।

खेलको ६४औँ मिनेटमा नै एट्लेटिको १० खेलाडीमा समेटिन पुगेको थियो । खेलको ७८औँ मिनेटमा एट्लेटिकोका जोश जिमिनेजले गोल गरे । तर खेलको ८५औँ मिनेटमा अल्भारोले गोल गरेपछि खेल बराबरीमा सकिएको हो । बराबरीसँगै दोस्रो स्थानमा रहेको रियलको २३ खेलमा ५२ अङ्क छ ।

एक खेल कम खेलेको बार्सिलोना ५९ अङ्कका साथ शीर्ष स्थानमा छ । एट्लेटिको ४२ अङ्कका साथ चौथो स्थानमा छ ।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’