रेडियो त्रिवेणीका कर्मचारीहरुको कोरोना बीमा

गीता घिमिरे, भरतपुर, २ जेष्ठ ।

रेडियो त्रिवेणी १००.६ मेगाहर्जले आफ्ना कर्मचारीहरुको कोरोना बीमा गराएको छ । विश्ब्यापी महामारीका रुपमा कोभिड १९ को संक्रमण बढ्दै गएपछि कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जनही १ लाखको बीमा गरिएको रेडियो त्रिवेणीका अध्यक्ष तेज नारायण खरेलले बताउँनुभयो ।

जस्तोसुकै कठिन परिस्थितीमा समेत जोखिम मोलेर समाचार संकलन तथा प्रशारण गर्नुपर्ने बाध्यता सञ्चारकर्मीको हुने भन्दै यो बीमा योजनाले कर्मचारीहरुमा उत्साह थपेको अध्यक्ष खरेलको भनाई छ । कार्यालयमा कार्यरत सबै पुर्णकालिन कर्मचारीहरुको कोरोना बीमा गरिएको हो ।

जनताको आवाजको पर्याय बनेको रेडियो त्रिवेणीले हाल आफ्नो प्रशारणमा कोरोना भाईरस सम्बन्धि सचेतना मुलक सामग्री तथा समाचारलाई मुख्य प्राथमिकतामा राखेको रेडियोका प्रबन्ध निर्देशक सुदिप सिंह अधिकारीले जानकारी दिनुभयो ।

यसअघि पनि रेडियो त्रिवेणीले कोरोना संक्रमणको उच्च जोखिममा रहेर सेवा गरिरहेका स्वास्थ्य कर्मी तथा चिकित्सकहरुलाई मध्यनजर गर्दै भरतपुर सरकारी अस्पताललाई ६० थान पिपिई हस्तान्तरण गरेको थियो ।
चितवनको भुमिमा रहेर बिगत १२ वर्षदेखि निरन्तर सुचना, संगीत र समाचार प्रशारण गर्दै आईरहेको रेडियोले आगामी दिनमा झन सशक्त ढंगले अगाडि बढ्ने प्रबन्ध निर्देशक अधिकारीले बताउँनुभयो ।

संबन्धित शिर्षकहरु

सुनको भाउ तोलामा एक लाख ७० हजार रुपैयाँ नाघ्याे

हमासले बन्धक रिहा नगरे युद्धविराम रद्ध गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

आपत्कालीन कोषमा योगदान गरेकोमा डब्ल्यूएचओबाट नेपाललाई धन्यवाद ज्ञापन