चितवन , जेष्ठ ४ :
नेपाल लोकसेवा तयारी केन्द्र भरतपुर,चितवनले लगडाउनका बेला बालबालिकाहरू संकुचित भै त्यतीकै घर घरमा बसीरहेका बेला विभिन्न क्षेत्रका विज्ञहरूबाट Zoom Clouding Meeting मार्फत कक्षा ५ देखी कक्षा १० सम्मका बालवालिकाहरूका लक्षित गरी १ हप्ते निशुल्क जिवनोपयोगी सीप विकास कार्यक्रम संञ्चालन गरिरहेको छ ।
सहभागी हुनका लागि Meeting ID 793-9473-2326 र पासवर्ड Nepalltk रहेको छ । उक्त कार्यक्रम विहान ८ बजेबाट ९:२० सम्म संञ्चालन हुनेछ र बालवालिकाहरूका लागि घरायसी विज्ञान, सृजनशिलता, साहित्य, संस्कार र नैतिक शिक्षा, साधना योग, बालमनोविज्ञान, उध्घोषण, विविध सामान्यज्ञान आदी सम्बन्धी विषयहरूका व्यावहारिक ज्ञान समाबेश गरिएको छ ।
यसबाट बालबालिकाहरू तथा अभिभावक वर्गलार्इ समेत बदिलिदो समय र परिस्थीति अनुसारका आफ्ना कार्यहरूमा सुधार गरी व्यक्तिगत तथा सामाजीक जीवनमा थप टेवा पुग्न जाने विश्वास गरिएको छ । १ हप्ते जिवनोपयोगी सीप विकास कार्यक्रमको पहिलो दिन जेष्ट ४ गते आर्इतवार “घर घरमा विज्ञान” विषयमा संस्था का अध्यक्ष तथा भौतिक शास्त्र का लेक्चरर इश्वरचन्द्र पौडेल (ICP),र “उद्घोषण सम्बन्धी” कलामा मनोज पन्तको प्रस्तुती सम्पन्न भयो।
त्यसै गरी आगामी कार्यक्रमहरू जेष्ठ ५ गते सोमबार “सामाजिक काम र शिक्षा” विषयमा खेमानन्द सापकोटा र “स्वस्थ खाना तथा अध्ययन विधी” विषयमा डा. खेम आचार्य, जेष्ठ ६ गते मंगलबार “संस्कार” विषयमा आचार्य लक्ष्मण भण्डारी तथा “सामान्यज्ञान” विषयमा कृष्ण राउत त्यसै गरी जेष्ठ ७ गते बुधबार “बाल स्वास्थ्य र हेरचाह” विषयमा डा. नारायण बहादुर थापा तथा “योग र ध्यान” विषयमा द आर्ट अफ लिभिङबाट पवन नेपाल, त्यसै गरी जेष्ठ ८ गते विहिवार “बाल साहित्य र रचना” विषयमा सामना पहाड तथा “इमेल र इन्टरनेट” विषयमा इश्वरचन्द्र पौडेल, त्यसै गरी जेष्ठ ९ गते शुक्रबार हराउदै गै रहेको “नैतिक शिक्षा” विषयमा प्रेम रिमाल तथा जेष्ठ १० गते शनिवार “बाल मनोविज्ञान” सम्बन्धी विषयमा पार्वती पाण्डे शर्मा र सोही दिन “इन्टरनेटमा शैक्षिक सामाग्री को खोजी” भन्ने विषयमा बटुबलाल तामाङ जस्ता विज्ञहरूको सुझाब र बालवालिकाहरूका लागि जीवनोपयोगी सिपहरू प्रस्तुत गरिने छ ।
नेपाल लोकसेवा तयारी केन्द्रले सोही दिन अतिथीहरूका माझ कार्यक्रम समापन समेत गर्ने छ । सम्भवत यस्तो कार्यक्रम नेपालमै पहिलो हो ।
मिती २०७७ जेठ ४ देखी जेठ १० सम्म दैनिक ( बिहान् ८ – ९:२० बजे सन्चालन )हुने सो कार्यक्रम मा आफ्ना बालबालिक लाई सहभागि गराइदिनु हुन पनि संस्था ले सबैजना लाई अनुरोध गरेको छ ।