‘ए’ डिभिजन लिगमा संकटा क्लबको पहिलो जित

काठमाडौं, २७ फागुन :

संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।

च्यासल मैदानमा आज नेपाल पुलिस क्लबलाई ३–० गोल अन्तरले हराउँदै संकटाले पहिलो जित निकालेको हो । संकटाको जितमा गणेश हमाल, रोशन पहरी र सुरज ज्यु ठकुरीले एक–एक गोल गरे । जितसँगै संकटाले ३ खेलमा ४ अंक जोडेको छ । पुलिसको यो लगातार तेस्रो हार हो । पुलिसले ३ खेलमा अंक जोड्न सकेको छैन ।

आजै भएको अर्को खेलमा एपीएफ क्लब र जावलाखेल युथ क्लबले गोलरहित बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १० खेलाडीमा समेटिएको एपीएफ र जावलाखेलले गोलरहित बराबरी खेलेका हुन् । ६९ औं मिनेटमा डिफेन्डर एडमा डम्बियाले रातो कार्ड पाएपछि एपीएफ १० खेलाडीमा समेटिएको थियो ।

एडमाले जावलाखेलका हिसुब थपलियालाई लडाएपछि पहेलो कार्ड प्राप्त गरे । तर, पहेलो कार्डपछि रेफ्रीसँग अभद्र व्यवहार गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले उनलाई रातो कार्ड देखाउदै मैदान बाहिर पठाए । यो बराबरीसँगै एपीएफले ३ खेलमा ४ अंक जोडेको छ । जावलाखेल अपराजित रहदै ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

 

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन