रेडियो त्रिवेणीद्वारा नव वर्ष २०७७ सालको क्यालेन्डर लोकापर्ण

गिता घिमिरे
भरतपुर, ८ जेष्ठ ।

रेडियो त्रिवेणी १००.६ मेगाहर्जले नव वर्ष २०७७ सालको क्यालेन्डर लोकापर्ण गरेको छ । सामाजिक दुरी कायम गरि गरिएको कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले रेडियोले जनतामाझ सुचना दिने भएकाले निष्पक्ष ढंगले समाचार प्रसारण गर्नु पर्ने बताउनुभयो ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि खतिवडाले संकटको बेला संचारकर्मीको भुमिका उल्लेखनिय हुने  भएकाले निष्पक्ष ढंगले समाचार प्रसारण गर्नु पर्ने बताउनुभयो । “विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ बाट मिडिया पनि प्रभावित छ” उहाँले भन्नुभयो, “पत्रकार महासंघले यस विषयमा कडाईका साथ संघ, प्रदेश र स्थानीय तहमा आवाज उठाएको छ ।” रेडियो त्रिवेणीले प्रसारण गर्ने समाचारका साथै कार्यक्रमहरु गर्व गर्न लायक रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रवन्ध निर्देशक सुदिप सिंह अधिकारीेले १२ वर्षदेखि निरन्तर सुचना, संगीत र समाचार प्रसारण गर्दै आईरहेको बताउनुभयो । कार्यक्रममा बोल्दै प्रवन्ध निर्देशक अधिकारीेले विश्वव्यापी महामारीका रुपमा कोभिड १९ को संक्रमण बढ्दै गएपछि कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जनही १ लाखको बीमा गरिएको बताउनुभयो ।

रेडियो त्रिवेणीका स्टेसन म्यानेजर मुकुन्द भुसालले कोरोना संक्रमणको उच्च जोखिममा रहेर सेवा गरिरहेका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई मध्यनजर गर्दै भरतपुर सरकारी अस्पताललाई ६० थान पिपिई हस्तान्तरण गरेको बताउनुभयो ।

हाल आफ्नो प्रसारणमा कोरोना भाईरस सम्बन्धि सचेतना मुलक सामग्री तथा समाचारलाई मुख्य प्राथमिकतामा राखेको रेडियोका अध्यक्ष तेज नारायण खरेलले जानकारी दिनुभयो । रेडियोका समाचार प्रमुख हेमराज रिमालले सहजीकरण गर्नुभएको कार्यक्रम रेडियो त्रिवेणीका अध्यक्ष तेज नारायण खरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

संबन्धित शिर्षकहरु

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय व्यापार बढाउनेबारे छलफल

अमेरिकी डलरको भाउ आज स्थिर

नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सात टोली सहभागी हुने