स्ववियु चुनावको मतदान प्रक्रिया सकियो

dtbfgdf nfda4 ljBfyL{ sf7df8f}F % r}t M sf7df8f}Fsf] Ifqkf6L wf]aLrf}/l:yt klAns o'y SofDk;df :jtGq ljwfyL{ o'lgogsf] cfOtaf/ ePsf] lgjf{rgdf dtbfg ug]{sf nflu nfdaå ljwfyL{ . tl:a/ M xl//fd e]6'jfn÷ /f;;

काठमाडौं, ५ चैत :  

त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत देशभरका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावमा मतदान प्रक्रिया सकिएको छ ।

मतदान सकिएका क्याम्पसहरूले आजै मतगणना प्रक्रिया सुरु गर्ने जनाएका छन् । निर्वाचन केन्द्रीय समितिले बिहान ८ देखि दिउँसो ४ बजेसम्म मतदानको समय तोकेको थियो । समितिका सदस्य सचिव पशुपति अधिकारीले मतदान भएका क्याम्पसहरूमा ५५ देखि ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरणले देखाएको बताउनुभयो । शङ्करदेव क्याम्पसमा भने ३५ प्रतिशतमात्रै मत खसेको छ ।

काठमाण्डौ उपत्यकाका २२ मध्ये सात क्याम्पसमा आज मतदान भएन । पोखराका चार र चितवनका तीन क्याम्पसमा पनि मतदान भएन । त्रिविअन्तर्गतका एक सय छ वटा क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको अधिकारीले जानकारी दिनुभयो । रासस

 

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ