चिनियाँ राष्ट्रपति सी आज रूस भ्रमणमा जाँदै

काठमाडौं, ६ चैत :  

चिनियाँ राष्ट्रपति सी जिनपिङ सोमबार रुस भ्रमणमा जाँदै हुनुहुन्छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछि चिनियाँ राष्ट्रपति सी पहिलो पटक मस्को जान लाग्नुभएको हो । सीको यो भ्रमणलाई पश्चिमा जगतले विशेष चासोका साथ हेरिरहेको छ ।

पछिल्लो समय चीनले रुस–युक्रेन युद्ध अन्त्यका लागि शान्ति प्रस्तावको पहल गरिरहेको छ । चीन र रुसबीच हुन सक्ने नयाँ सहमतिप्रति पनि विश्व जगतको तीब्र रूपमा चासो देखिएको छ ।

चीन र रुसबीच हुने सहमतिले विश्वमा नयाँ ध्रुवीकरण हुन सक्ने भन्दै अमेरिकासहित पश्चिमा देशहरु सशंकित बनेका छन् । राष्ट्रपति सीको भ्रमणको कार्यक्रम र दुई देशबीच हुने वार्ताका एजेण्डा भने सार्वजनिक भइसकेको छैन । एजेन्सी

 

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन