चीनमा कोरोना भाइरसबाट मर्नेको संख्या हजार नाघ्यो

चीनमा कोरोना भाइरसबाट हजारभन्दा बढीसर्वसाधारणको मृत्यु भएपछि केही वरिष्ठ अधिकारीलाई कारवाही गरेको छ । सरकारले हुबेईको स्वास्थ्य आयोगका पार्टी सचिवलगायत आयोगका प्रमुखलाई कार्वाही गरेको हो । यसरी पद गुमाउनेमा स्थानीय रेडक्रसका डेप्युटी जनरल पनि छन् ।

उनलाई कर्तव्यबाट पछि हट्दै चन्दा संकलन गरेको भन्दै हटाइएको हो । सोमबार मात्रै १०३ जनाको मृत्यु भएको हुबेई प्रान्तमा अहिलेसम्म अहिलेसम्म १ हजार १६ जनाले ज्यान गुमाइसकेका छन् । यद्यपि, देशव्यापी संक्रमितको संख्यामा भने २० प्रतिशतको कमी आएको जनाइएको छ ।

आइतबार ३ हजार ६२ रहेको संक्रमितको संख्या सोमबार घटेर २ हजार ४ सय ७४ पुगेको बताइएको छ । कोरोनाको संक्रमण देखिएयता मात्र हुबेईमा हजारौंलाई बर्खास्त गरिएको र थुप्रैमाथि अनुसन्धान र धेरैलाई चेतावनी दिइएको सरकारी समाचारमा उल्लेख छ ।

संबन्धित शिर्षकहरु

त्रिविका ३८ वटा क्याम्पसमा मात्रै स्ववियु चुनाव सम्पन्न

१९ वर्षमुनिको साफ च्याम्पियनशिपको खेलतालिका सार्वजनिक

पहुँचको नभइ पद्धतिको थिति बसाल्ने प्रयत्न गर्छु : प्रहरी महानिरीक्षक थापा