काठमाडौँ, १६ जेठ :
आज मे २९ अर्थात अन्तर्ष्ट्रिय सगरमाथा दिवस। ६७ वर्षअघि सगरमाथाको शिखरमा मानव पाईला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ । नेपाल सरकारले सन् २००८ देखि मे २९ लाई अन्तर्राष्ट्रिय रुपमै यो दिवस मनाउन निर्णय गरेको थियो ।
सन् १९५३ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथा आरोहण गरेका थिए। त्यसपछि सुरु भएको आरोहणमा पछिल्ला दुई दशकमा निकै आकर्षण बढेको छ। पर्वतीय पर्यटनको क्षेत्रमा काम गर्नेहरुले यो दिनलाई विशेष मान्छन । सगरमाथाले नेपाललाई बिश्वमाझ चिनाइरहेको छ भने मे २९ मानिस र सगरमाथाबीचको सामिप्यता बढाउने दिन हो ।
यो वर्षको वसन्त ऋतुमा सगरमाथा सहित नेपालका सबै हिमालहरु सुनसान बने । कोरोना भाइरस संक्रमणको डरले यात्रा रोकिंदा आरोहीहरु आउन सकेनन् भने सरकारले सबै हिमाल आरोहणकार्य यो मौसमका लागि बन्द ग¥यो । झण्डै तीन महिना झकिझकाउ हुने सगरमाथाको आधारशिविर सुनसान बन्यो भने एक हजारको हाराहारीमा मानिस उकालो लाग्ने आधारशिविर माथिको बाटो बनाउने काम नै भएन ।
आरोहणमा प्रतिबन्ध लगाउनुअघि हिउँमा बाटो बनाउने आइसफल डाक्टर र केही गाइडहरु सगरमाथा आधार शिविरमा पुगेको भए पनि आरोहण नहुने भएपछि उनीहरु फर्किए । दिवसका अवसरमा पर्टनमन्त्री योगेश भट्टराईले शुभकामना व्यक्त गरेका छन् ।