मौसम सफा हुन थालेसँगै गर्मी बढ्यो

काठमाडौं, २६ चैत :

मौसम सफा हुन थालेसँगै तापक्रम बढ्न थालेको छ । तापक्रम बढ्दा गर्मी बढेको छ । लगातारजसो पानी पर्दा चैत महिनाको मध्यममा पनि चिसो भएको थियो । तर, केही दिनयता मौसम खुलेर घाम लाग्न थालेसँगै गर्मी हुन थालेको छ ।

हिजो भैरहवाको अधिकतम तापक्रम ३६ दशमलव ९ डिग्री सेल्सियस पुगेको थियो ।

यस्तै, जनकपुरको ३६ दशमलव ८, सिमराको ३५ दशमलव ४, नेपालगञ्जको ३५ दशमलव २, दीपायलको ३३ दशमलव ८, धनगढीको ३३ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ ।

काठमाण्डौको अधिकतम तापक्रम भने हिजो २९ डिग्री सेल्सियस थियो । आज पनि यही हाराहारीमा पुग्ने अनुमान गरिएको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । आज सामान्यतया मौसम सफा नै रहने अनुमान छ।

पहाडी क्षेत्रमा बेलुकीपख आंशिक बदली भएर एक/दुई ठाउँमा हल्का पानी पर्न सक्ने अनुमान गरिएको छ ।

 

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी