‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौं, २७ चैत :

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत सोमबार तीन खेलहरु हुँदैछन् । सोमबार लिगको सातौं चरणका अन्तिम तीन खेल हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा चर्च ब्वाइज युनाईटेड र विभागीय टोली एपीएफ क्लबबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ ।

चर्च ब्वाइज चौंथो जितको योजनामा रहँदा एपीएफ पनि चौंथो जितको योजनामा रहेको छ । चर्च ब्वाइज १२ अंक जोडेर चौंथो स्थानमा रहेको छ भने एपीएफ १० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

यसैगरी, एन्फा कम्प्लेक्समा दिउँसो २ बजे हुने खेलमा फ्रेन्ड्स क्लब र अर्को विभागीय टोली नेपाल पुलिस क्लब भिड्ने छन् ।फ्रेन्ड्स दोस्रो जितको योजनामा रहँदा पुलिस भने पहिलो जितको योजनामा रहेको छ ।

फ्रेन्ड्स ४ अंक जोडेर १३ औं स्थानमा रहेको छ भने पुलिस १ अंक जोडेर पुछारमा रहेको छ । दशरथ रंगशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबले थ्री स्टार क्लबसँग साँझ ५ः४५ बजे प्रतिस्पर्धा गर्नेछ ।

मनाङ पाँचौं जितको योजनामा रहँदा थ्री स्टार भने चौंथो जितको योजनामा छ । मनाङ १४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने थ्री स्टार १० अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

 

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन