काठमाडौं, २७ चैत :
सुनको भाउ आज सात सय रुपैयाँले घटेको छ । तोलामा आज सुन १ लाख ९ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा १ लाख १० हजार रुपैयाँ थियो । आज चाँदीको पनि भाउ घटेको छ ।
तोलामा १० रुपैयाँले घटेर चाँदी आज तोलाको १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।





