भरतपुरमा सञ्चालित अनलाईनहरुद्धारा महानगरसँग सहयोग माग

गीता घिमिरे, भरतपुर, १८ जेष्ठ ।

भरतपुर क्षेत्रमा सञ्चालित अनलाईन समाचार प्रदायक मिडियाहरुले महानगरमा आज आईतबार ध्यानाकर्षणपत्र बुझाएका छन् ।

लक डाउनका कारण प्रत्यक्ष मारमा परेको र बिना विज्ञापन सञ्चालन गर्नु परिरहेको अवस्थामा महानगरबाट सहयोगको अपेक्षा सहित अनलाईन सञ्चालकहरुले मेयर रेनु दाहाल र प्रमुख प्रशासकिय अधिकृत प्रेमराज जोशीलाई संयुक्त रुपमा भेटेर पत्र बुझाएका हुन् ।

 

सो अवसरमा बोल्दै मेयर रेनु दाहालले महानगरका गतिबिधिहरुलाई जनतामाझ पुर्याउँन चितवनका अनलाईल न्युज पोर्टलहरुले खेलेको भुमिकाको उच्च प्रशंसा गर्नुभयो । साथै उहाँले अहिलेको अवस्थामा ताजा समाचारको भरपर्दो आधारका रुपमा रहेका अनलाईलहरु विज्ञापन बन्द भएर सकसमा चलिरहेको प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाउँनुभयो ।

यस्तै, प्रमुख प्रशासकिय अधिकृत प्रेमराज जोशीले केही दिनभित्रै मेयर संग सल्लाह गरेर निर्णय गरिने जनाउँनु भयो ।

भरतपुर महानगर क्षेत्र भित्र दर्ता भई सञ्चालनमा रहेका चितवन समाचार डट कम, एटुजेड समाचार डट कम, भरतपुर पोष्ट डट कम, नारायाणी अनलाईन डट कम, चितवन पाटी डट कम, कायाकैरन डट कम, सफल खबर डट कम, सत्यकलम डट कम, न्युज भित्तो डट कम र खबर प्रबाह डट कमले संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । सो अवसरमा अनलाईन सञ्चालकहरुका तर्फबाट शालिग्राम नेपाल, किशोरचन्द्र सापकोटा, सुरेश चन्द्र अधिकारी, कृष्ण आचार्य, मुकुन्द भुसाल र हेमराज रिमालको उपस्थिती रहेको थियो ।

 

 

संबन्धित शिर्षकहरु

क्यानडामा मानिसको भीडमा कार जोतिँदा धेरै जनाको ज्यान गयाे : प्रहरी

राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता आउँदो बुधवारदेखि

जम्मू–कश्मीरको भारत–पाकिस्तान नियन्त्रण रेखा वरपर गोलाबारी