मौसममा आजदेखि सुधार :  धेरै ठाउँमा घाम लाग्ने

काठमाडौं, २२ बैशाख :

आजदेखि मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् । देशका धेरै ठाउँमा आज घाम लाग्ने मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।

गएको शनिवारयता लगातारजसो पानी परेको थियो । तर, पानी पार्ने प्रणाली केही कमजोर भएकाले आज केही दिनयताको जस्तो लगातार पानी नपर्ने मौसमविद् झाले बताउनुभयो । तर, प्रि(मनसुनको समय भएकाले दिउँसोपछि केही ठाउँमा पानी पर्ने उहाँको भनाइ छ ।

आज दिउँसोपछि काठमाण्डौसहित पहाडी क्षेत्रका केही ठाउँमा पनि मौसम बदली भइ हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । पहाडी क्षेत्रको मौसम अहिले धुम्म भए पनि पानी परेको छैन । मौसम बिस्तारै खुल्दै गइ घाम लाग्ने मौसमविद्ले बताएका छन् ।

तराईका धेरैजसो जिल्लाको मौसम भने समान्यतया सफा नै छ । प्रि(मनसुनको समयमा स्थानीय वायु विकसित भएर तत्काल पानी पर्ने हुन्छ । यसमा पश्चिमी वायुसमेत मिसिएमा धेरै ठाउँमा लामो समयसम्म पानी पर्ने मौसमविद् बताउँछन् ।

 

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ