नेपाल प्रेस युनियन चितवनको नवौँ जिल्ला अधिवेशनमा पुनः अनिल ढकाल निर्वाचित

चितवन, २७ बैशाख : नेपाल प्रेस युनियन चितवनको नवौँ जिल्ला अधिवेशनले फेरि अनिल ढकालको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । भरतपुर महानगरपालिका वडा नं. ११ बसेनी स्थित युनियनको कार्यालयमा आज भएको नवौँ अधिवेशनले आगामी तीन वर्षको लागि ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

अध्यक्षमा निर्वाचित ढकालले आफ्ना प्रतिष्पर्धी सूर्य प्रसाद अधिकारीलाई पछाडि पार्दै जित हात पारेका हुन् । अध्यक्ष बाहेकका अरु सबै पदमा मतदान गर्नुपरेन । कार्यसमितिको उपाध्यक्षमा (खुलातर्फ ) प्रस्ताव सुवेदी, महिला उपाध्यक्षमा सिन्धु ढकाल, सचिवमा राजु चौधरी, कोषाध्यक्षमा राजु सापकोटा, सहसचिवमा राजेन्द्र कार्की र अस्मिता पराजुली सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी युनियनको कार्यसमितिका सदस्यहरुमा बन्दना देवकोटा, लक्ष्मी ढकाल, चरणदेव महतो, यात्री छिदाल परियार, माधव सापकोटा, सञ्जय दुवाडी, सुदन पौडेल , केशव भट्टराई, शुसील पन्त, राजनदिल गुरुङ, रविलाल भट्ट,लेखराम सापकोटा, विनोद श्रेष्ठ, महेश पाण्डे, दयासंकर चौधरी र राजकुमार माथोक (चेपाङ ) चयन भएको निर्वाचन समितिका संयोजक पूर्णप्रसाद शर्माले जानकारी दिए ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी