हुर्किए पुष्पा र अञ्जली : आजै प्राकृतिक रूपमा छाडिँदै

सौराहा, (चितवन) ३१ बैशाख :

प्रकृति संरक्षण कोष सौराहामा हुर्काएका पुष्पा र अञ्जली नामका दुई गैँडाका बच्चालाई निकुञ्जमै पुर्न स्थापित गरिने भएको छ । निकुञ्जको लामि ताल क्षेत्रमा ती दुवै गैँडालाई स्थानान्तरण गर्न लागिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको निर्णय अनुसार आजै ९आइतबार० पुष्पा र अञ्जलीलाई निकुञ्जकै लामि ताल क्षेत्रमा लगेर छाड्न लागिएको हो ।

निकुञ्जमा मातृ विहीन अवस्थामा भेटिएका पुष्पा र अञ्जलीलाई संरक्षण कोषले पाले र हुर्काएको हो । संरक्षण कोषका प्रमुख डा। बाबुराम लामिछानेका अनुसार पुष्पालाई सन् २०२० को जनवरीमा नवलपरासीको तमासपुर र अञ्जलीलाई २०२१ को अप्रिलमा नवलपरासीकै कुजौलीवाट नियन्त्रणमा लिएर पालिएको हो ।

कोषमा अहिले पनि पूजा नामको गैँडाको बच्चा रहेको छ । यसलाई २०७९ कात्तिकमा फेला पारिएको हो । यसरी फेला परेको गैँडाका बच्चालाई सुरुसुरुमा दूध नै खुवाएर हुर्काउने र पछि बिस्तारै घाँस र कुँडो खुवाउने गरिएको पनि उहाँले जनाउनुभयो ।

चितवन निकुञ्ज र प्रकृति संरक्षण कोषले अहिले सम्म पुष्पा र अञ्जली जस्ता १५ वटा मातृ विहीन गैँडा हुर्काइ सकेको छ ।

 

संबन्धित शिर्षकहरु

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

गण्डकीदेखि पूर्वका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा

इरानी प्रतिनिधिलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने