गैरकानूनी सम्पत्ति कमाएको अभियोगमा ललितपुरमा कार्यरत मालपोत अधिकृत विरुद्ध मुद्दा दायर

काठमाडौं,२० जेठ :

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरमा कार्यरत मालपोत अधिकृत बद्रीराज ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार अनाधिकृत रुपमा आर्जन गरेको रकम मालपोत अधिकृत ढकालले साली नाता पर्ने एक महिलाको नाममा सवारी साधन खरिद गरेको र अष्टे«लिया बस्ने जेठान नाताका नवराज अर्यालका नाममा समेत जम्मा गरेको पाइएको छ ।

आयोगका अनुसार मालपोत अधिकृत ढकालले रु १४ करोड ५३ लाख ८२ लाख ४९८ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । अनुसन्धानका क्रममा ढकालको रु १० करोड २७ लाख ५८ हजार ४६१ अवैध पाइएको छ । मालपोत अधिकृत ढकाल २०५४ माघ १४ गते अस्थायी शिक्षकका रुपमा सार्वजनिक सेवामा प्रवेश गरी मालपोत कार्यालय लमजुङबाट खरिदारको पदमा प्रवेश गर्नुभएको थियो ।

विसं २०५५ असोज १६ मा स्थायी नियुक्त प्राप्त गरी निजामती सेवामा प्रवेश गरी नासु र हाल शाखा अधिकृतका रुपमा कार्यरत हुनुहुन्थ्यो ।उहाँले लगनखेल, ललितपुरमा कार्यरत रहेको पाइएको छ । आयोगले मालपोत अधिकृत ढकाल, उहाँको श्रीमती सिर्जना अर्याल र जेठान नाताका नवराज अर्यालविरुद्ध विशेष अदालतमा मद्दा दायर गरेको छ ।( रासस )

संबन्धित शिर्षकहरु

त्रिविका ३८ वटा क्याम्पसमा मात्रै स्ववियु चुनाव सम्पन्न

१९ वर्षमुनिको साफ च्याम्पियनशिपको खेलतालिका सार्वजनिक

पहुँचको नभइ पद्धतिको थिति बसाल्ने प्रयत्न गर्छु : प्रहरी महानिरीक्षक थापा