चलचित्र पत्रकार संघ चितवनको अध्यक्षमा रवि अधिकारी

चितवन, २९ माघ :

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको सातौँ अधिवेशनले रवि अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।

बुधबार भएको अधिवेशनले नौ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गर्नुका साथै दुई जना सदस्य मनोनीत गरेको छ ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा रामेश्वर रिजाल, सचिवमा आनन्द पोखरेल, कोषाध्यक्षमा रविन सुवेदी, सहसचिवमा सागर ढुंगाना रहेका छन् । त्यस्तै, कार्यसमिति सदस्यहरुमा तुलमान गुरुङ, हेमराज रिमाल, गीता गुरुङ र बिबेक पोख्रेल निर्वाचित हुनुका साथै सुदन पौडेल र सरु चापागाईंलाई कार्यसमिति सदस्यमा मनोनीत गरिएको छ ।

निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकले अध्यक्ष रवि अधिकारी र सुशील पन्तलाई केन्द्रीय प्रतिनिधिको रुपमा छनौट समेत गरेको छ ।

जिल्ला अधिवेशनका लागि आएका केन्द्रीय प्रतिनिधि चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष (संगठन) दिनेश सिटौलाले चलचित्र पत्रकारितालाई मर्यादित बनाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

चलचित्र पत्रकारितामा विकृति भित्रिएको उल्लेख गर्दै सिटौलाले पेशाबाट त्यस्ता विकृति हटाउनका लागि सबै एकजुट भएर अगाडि बढ्न सुझाव दिए । बुधबार गठित नयाँ कार्यसमितिले चाँडै नै चलचित्र पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि कार्यक्रम ल्याउने अध्यक्ष रवि अधिकारीले बताए ।

पेशालाई व्यवसायिक र मर्यादित बनाउनका लागि चलचित्र पत्रकारहरुको लागि कार्यशाला तथा विभिन्न गोष्ठीहरुको आयोजना गरिने अधिकारीले बताए ।

संघले गर्ने कामको बारेमा आगामी बैठकबाट निर्णय गरेर अगाडि बढिने अधिकारीको भनाइ छ ।

संबन्धित शिर्षकहरु

यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा, धेरै गर्मी हुने अनुमान

आईपीएल क्रिकेटमा आज मुम्बई र दिल्ली खेल्दै

अमेरिकाले ब्यालिस्टिक आक्रमण रोक्न सक्ने क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको विकास गर्दै