‘लु’ बाट बच्न चितवन प्रशासनकोअनुरोध

चितवन, २३ जेठ : 

जिल्ला प्रशासन कार्यालयले चितवनसहित तराइका जिल्लाहरूमा लु (तातो हावा) लाग्ने सम्भावना भएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रशासनले एक सूचना गरी पछिल्ला दिनमा तापक्रम निरन्तर वृद्धि भइरहेकोले तातो हावा ‘लु’ लाग्ने सम्भावना रहेको भन्दै सतर्कताको लागि अनुरोध गरेको हो ।

प्रशासनले जल तथा मौसम विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको अनुसार तापक्रम वृद्धि भएसँगै लु लाग्ने सम्भावना रहेको भन्दै अत्यधिक गर्मीबाट बच्न सतर्कता अपनाउन भनेको छ ।

केही दिनदेखि चितवनका शहरी तथा ग्रामीण क्षेत्रमा दिउसो ४० डिग्री सेन्टिग्रेडको हाराहारीमा तापक्रम मापन भएको छ ।

 

संबन्धित शिर्षकहरु

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

गण्डकीदेखि पूर्वका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा

इरानी प्रतिनिधिलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने