समाजवादी प्रेस सङ्गठन चितवनको अध्यक्षमा पुनः तिमिल्सिना

चितवन,  २४ जेठ :

समाजवादी प्रेस सङ्गठन नेपाल चितवनको अध्यक्षमा पुनः टिकादत्त तिमिल्सिना चयन हुनुभएको छ ।

आज सम्पन्न पहिलो साधारण सभा तथा अधिवेशनबाट तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । तीन वर्षे कार्यकालको लागि गठित ११ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा रामु आचार्य र सरस्वती लामा चयन हुनुभएको छ । सचिवमा पूर्णबहादुर आलेमगर (विशाल), कोषाध्यक्ष बबिलाल तामाङ र सह–सचिवमा विजय चौधरी चयन हुनु भएको छ ।

यस्तै सदस्यहरूमा उषा श्रेष्ठ, कविता गायक, सुरेश अधिकारी, अर्जुन चौधरी र एलिशा तिमिल्सिना चयन हुनु भएको छ । नेकपा एमाले विभाजन भएपछि गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीसम्वद्ध जनवर्गीय सङ्गठनको रूपमा उदाएको प्रेस सङ्गठनको केन्द्रीय समितिको निर्देशानुसार जेठ मसान्तभित्र जिल्लाको अधिवेशन गराउनुपर्ने परिपत्रको आधारमा बुधबार चितवन जिल्लाको अधिवेशन गरिएको सङ्गठनले जानकारी दिएको छ ।

 

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन