हेटाैँडामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाकाे ज्यान गयाे

काठमाडौं, १० असार : हेटौँडा उपमहानगरपालिका–२ चौकीटोलमा गए राति भएको दुर्घटनामा परेर एक जनाको ज्यान गएकाे छ । भैँसेबाट हेटौँंडातर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३–००२प ६४४ नम्बरको स्कुटरलाई बाग्मती प्रदेश०३–००१ख ८५१ नम्बरको टिपरले ठक्कर दिँदा २५ वर्षका अमित कपाडीको ज्यान गएकाे हाे ।

टिपरकाे ठक्करबाट घाइते कपाडीको हेटौँडा अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिनुभयो । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । स्कुटरका चालक सामान्य घाइते भइ हेटौँडा अस्पताल उपचारपश्चात घर फर्किसकेका प्रहरी निरीक्षक घिमिरेले जानकारी दिनुभयो ।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’