दोषी उम्काएर निर्दोष पक्राउ नगर्न गृहमन्त्री श्रेष्ठको निर्देशन

file Photo

भरतपुर, ३० असार : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्दोष नफस्ने दोषीलाई नियन्त्रणमा लिन आफूले निर्देशन दिएको बताउनुभएको छ । शनिबार प्रेस सेन्टरले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले विभिन्न प्रकरणमा भइरहेका अनुसन्धानमा कुनै पनि हस्तक्षेप नहुने बताउनुभयो ।

तथ्य र प्रमाणका आधारमा दोषीलाई पक्राउ गरी थप अनुसन्धान गर्ने कार्यमा आफूले कुनै बाधा नगर्ने बताउनुभयो । तथ्य र प्रमाणका आधारमा कारबाही प्रक्रिया अघि बढेको बताउँदै गृहमन्त्री श्रेष्ठले यसमा प्रहरीलाई कुनै दबाब नदिएको दावी गर्नुभयो ।

गृहमन्त्री श्रेष्ठले कसैले कोही मान्छे पक्राउ परोस भन्ने चाहेर नभई तथ्य प्रमाणका आधारमा पक्राउ गरिएको जानकारी दिनुभयो । अनुसन्धानका क्रममा ढिलोचाँडो हुनसक्ने बताउदै उहाँले सरकार सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा इमानदार रहेकाले दोषी कारवाहीको दायरामा आउने तर्क गर्नुभयो ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन