साउदी अरबमा ६४ कैदीलाई मृत्युदण्ड

काठमाडौं, ६ साउन :

साउदी अरबमा हालै कम्तीमा ६४ जनालाई मृत्युदण्ड दिइएको एक अधिकारवादी समूहले जनाएको छ ।

युरोपेली ‘साउदी अर्गनाइजेसन फर ह्युमन राइट्स (ईएसओएचआर)’ ले यस वर्षको पहिलो छ महिनामा ६१ जनालाई मृत्युदण्डको सजायँ भइसकेको जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार जुन महिनासम्म ६३ जना र जुलाइसम्ममा ७४ जनालाई मृत्युदण्ड दिइएको छ ।

ईएसओएचआरले प्रकाशित गरेको पछिल्लो प्रतिवेदनमा साउदी अरबले मृत्युदण्डको निरन्तर प्रयोग गरिरहेको भन्दै आलोचना गरेको छ । आलोचकहरूले ‘भिजन २०३०’ सामाजिक र आर्थिक सुधार एजेन्डामार्फत आफ्नो छवि नरम पार्ने साउदी अरबको प्रयासलाई कमजोर पार्ने बताएका छन् ।

सन् २०२२ मा आतंकवादसँग सम्बन्धित अपराधका लागि एकै दिन ८१ जनालाई मृत्युदण्ड दिइएको थियो । साउदी अरबले मृत्युदण्ड घटाउने राजा सलमानका छोरा तथा वास्तविक शासक राजकुमार मोहम्मद बिन सलमानले धेरै पटक प्रतिवद्धता जनाएपनि व्यवहारमा लागु हुन नसकेको अधिकारकर्मीको भनाई छ । एजेन्सी

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ