नेपालमा आज ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३ हजार २ सय ३५ पुग्यो

काठमाडौँ, २४ जेठ :

नेपालमा शनिबार एकैदिन ३२३  संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या तीन हजार नाघेको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालया प्रवक्ता डा. विकास देवकोटाले देशभरका परीक्षण केन्द्रमा गरिएको परीक्षणमा थप ३२३ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए । यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३२३५ पुगेको छ । उनीहरु मध्ये ३००३ जना पुरुष र २३२ जना महिला रहेका छन् । हालसम्म अस्पताल भर्ना भएका मध्ये ३६५ जना डिस्चार्ज भएका छन् । २९९ जना पुरुष ६६ जना महिला कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका हुन् ।

पछिल्लो चौबिस घण्टामा ३२ जना डिस्चार्ज भएका छन् । उनीहरु मध्ये २७ जना पुरुष र पाँच जना महिला रहेका छन् । नयाँ संक्रमित मध्ये २८६ जना पुरुष र ३७ महिला रहेका छन् ।थप संक्रमित हुनेमा मोरङका छ, सुनसरीका पाँच, सप्तरीका आठ, नवलपरासीका तीन, बाँकेका १२, बर्दियाका २८, कास्कीका तीन, स्याङ्जाका १०, बागलुङका एक, बझाङका छ, कञ्चनपुरका दुई, अछामका एक, कैलालीका दुई, डडेल्धुराका एक, दैलेखका ४७, डोल्पाका एकजना छन् ।

त्यसैगरी, सुर्खेतका १०, जाजरकोटका चार, सल्यानका ३८, अर्घाखाँचीका एक, नवलपरासीका दुई, रुपन्देहीका तीन, भक्तपुरका एक, धनुषाका आठ, कपिलवस्तुका ३९, काठमाडौंका चार, महोत्तरीका ३५, रौटहटका ६ र सर्लाहीका थप २७ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. देवकोटाकाअनुसार हाल देशभर ‘क्वारेन्टिन’मा रहनेको संख्या एक लाख ६८ हजार ३१ रहेको छ । त्यसैगरी, ‘आइसोलेसन’मा रहनेको संख्या दुई हजार ८५७ रहेको छ । हालसम्म देशका ७० जिल्लामा कोरोना फैलिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कैलाली र डोल्पामा गरी दुई जनाको कारोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ । यससँगै कोरोना संक्रमणका कारण नेपालमा ज्यान गुमाउनेहरुको सख्या पनि १३ पुगेको छ

संबन्धित शिर्षकहरु

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय व्यापार बढाउनेबारे छलफल

अमेरिकी डलरको भाउ आज स्थिर

नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सात टोली सहभागी हुने