प्रेस चौतारी चितवनको भवन निर्माणका लागि संस्थापक अध्यक्ष सुवेदीको आर्थिक सहयोग

चितवन, ९ साउन : प्रेस चौतारी नेपाल चितवनका संस्थापक अध्यक्ष रामबाबु सुवेदीले चौतारीको कार्यालय भवन निर्माणका लागि आर्थिक सहयोग गर्नुभएको छ । उहाँले दिवंगत छोरा रजत सुवेदीको स्मृतिमा सो रकम हस्तान्तरण गर्नुभएको हो ।

नेकपा (एमाले) जिल्ला कार्यालय चितवनमा आज आयोजित संक्षिप्त कार्यक्रममा सुवेदीले चौतारी जिल्ला अध्यक्ष सुवास पण्डितलाई रकम हस्तान्तरण गर्नुभएको हो । नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद सुवेदीको उपस्थितिमा उहाँले २५ हजार २२५ रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ ।

सो अवसरमा संस्थापक अध्यक्ष सुवेदीले सबैको साथ र सहयोगले भवन निर्माणको कामले पूर्णता पाउने बताउनुभयो । उहाँले पत्रकारहरुको साझा संस्था चौतारीलाई सबैले सहयोग गर्न समेत आव्हान गर्नुभयो । अध्यक्ष पण्डितले सहयोगप्रति आभार व्यक्त गर्दै आर्थिक सहयोगले थप उर्जा, हौसला र प्रेरणा मिलेको बताउनुभयो ।

प्रेस चौतारी नेपाल चितवन शाखाले चौतारीकोदेशमै पहिलो कार्यालय भवन निर्माण गरिरहेको छ । भरतपुर महानगरपालिका वडा नं। ११ मा रहेको आफ्नै जग्गामा भवन निर्माण गरेको हो । भवनको पहिलो तला ढलानको काम सम्पन्न भएको छ । तीन तले उक्त भवन निर्माण सम्पन्न गर्न एक करोड ५० लाख हाराहारी लाग्ने अनुमान गरिएको छ ।

संबन्धित शिर्षकहरु

लगातार ३ दिन घटेकाे शेयर बजार आज सामान्य बढ्याे

राखेपले एन्फामाथिकाे निलम्बन फुकुवा गर्‍याे

बढ्दो बेरुजुप्रति राष्ट्रपतिको चिन्ता, सार्वजनिक निकायलाई जवाफदेही बन्न निर्देशन