Skip to content
Facebook-f Twitter Youtube
Preeti to Unicode
  • समाचार
  • राजनीति
  • स्थानीय
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम प्रदेश
  • समाज
  • आर्थिक
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • पत्रपत्रिका
  • विविध
    • अन्तर्वार्ता
    • भिडियो
    • साहित्य
    • स्वास्थ्य
    • रोचक
  • समाचार
  • राजनीति
  • स्थानीय
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम प्रदेश
  • समाज
  • आर्थिक
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • पत्रपत्रिका
  • विविध
    • अन्तर्वार्ता
    • भिडियो
    • साहित्य
    • स्वास्थ्य
    • रोचक

डेङ्गु सार्ने लामखुट्टेको सर्भे शुरू

  • २०७७ जेष्ठ २५, आईतवार १६:३५

गलेश्वर, २५ जेठ :

म्याग्दीमा लामखुट्टेको टोकाइबाट सङ्क्रमण फैलिने डेङ्गुको उच्च जोखिममा परेपछि सङ्क्रमति भेटिएका क्षेत्रमा डेङ्गु सार्ने एडिस जातको लामखुट्टेको सर्भे शुरू गरिएको छ ।
पछिल्लो दुई महिनामा देशभरमा सबैभन्दा धेरै सङ्क्रमित भएको जिल्लामा रुपन्देहीपछि दोस्रोमा म्याग्दी परेपछि स्वास्थ्य कार्यालयको सक्रियतामा बेनी नगरपालिका र मङ्गला गाउँपालिकामा डेङ्गु सार्ने एडिस जातको लामखुट्टेबारे सर्भे शुरू गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।
“बेनीबजारमा डेङ्गु सार्ने लामखुट्टे अत्यधिक भेटियो, बेनी डेङ्गु सङ्क्रमणको उच्च जोखिममा छ” लम्सालले भन्नुभयो । स्वास्थ्य कार्यालय बागलुङमा कार्यरत भेक्टर कन्ट्रोल निरीक्षक याम बरालको उपस्थितिमा भइरहेको सर्भेमा बेनीबजारका ग्यारेजमा रहेका टायर, सार्वजनिकस्थान, चौतारीलगायत विभिन्न स्थानमा गरिएको स्थलगत सर्भेमा डेङ्गु सार्ने एडिस जातको लामखुट्टेका भण्डार नै भेटिएको थियो ।
त्यस्तै मङ्गला गाउँपालिकको केन्द्र बावियाचौरमा समेत डेङ्गु सार्ने लामखुट्टे भेटिए पनि सङ्क्रमति भेटिएको गाउँपालिकाका केही स्थानमा भने सर्भेमा नदेखिएको सर्भे टोलीले जनाएको छ । यस वर्ष बेनी नगरपालिका र मङ्गला गाउँपालिकामा डेङ्गुका सङ्क्रमित भेटिएका छन् ।
सर्भे टोली सङ्क्रमित भेटिएका वडाहरुमा नै पुग्ने जनाइएको छ । टोलीले सर्भेपछि थप योजनासहित डेङ्गु सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट अभियान सञ्चालन गर्ने जनाएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पहिलो तथ्याङ्कअनुसार वैशाख र जेठ महिनामा देशैभरि ८३ जनामा डेङ्गु सङ्क्रमण भेटिएकामा सबैभन्दा धेरै रुपन्देहीमा १५ र म्याग्दीमा १२ मा डेङ्गु पोजेटिभ देखिएको छ । (रासस)

संबन्धित शिर्षकहरु

नेपालको महिला टोली एसिया कपमा छनोट हुन सकेन

रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित

सुनको भाउ आज तोलामै १० हजार १०० रुपैयाँले घट्यो

ताजा अपडेट

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’

नेपालको महिला टोली एसिया कपमा छनोट हुन सकेन

रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित

सुनको भाउ आज तोलामै १० हजार १०० रुपैयाँले घट्यो

चितवन मेडिकल कलेजमा मस्तिष्कको नसा चिरफार नगरी शल्यक्रिया

विश्वव्यापी द्वन्द्व दोस्रो विश्वयुद्धपछिको उच्चतम स्तरमा : प्रतिवेदन

सम्पर्क

हनि मिडिया प्रा.लि द्वारा सञ्चालित चितवन पाटी डट.कम.

भरतपुर–११ , चितवन

सूचना बिभाग दर्ता नं.  १८१९/०७६-७७

सम्पर्क
९८५५०१११८०, ९८५५०३१७८१, ९८४५६७२०५८

ई–मेल
chitwanpati@gmail.com

हाम्रो टिम

अध्यक्ष
मुकुन्द प्रसाद भुसाल

प्रधान सम्पादक
हेम राज रिमाल

सम्पादक
सरोज खनाल

सह-सम्पादक
गिता दराई घिमिरे

संवाददाता
सुनिल पौडेल
प्रतिमा तामाङ
राजेश पाण्डे

साईट म्याप

  • गृहपृष्ठ
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • समाज
  • रोचक
  • स्वास्थ्य
  • साहित्य
विज्ञापनको लागी रेट लिस्ट

© 2020-2026, Honey Media Pvt. Ltd. | All rights Reserved.

Website By: WEBSOFTNEPAL