पाकिस्तानको ७६औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा बिशेष समारोहको आयोजना

काठमाडौं, २६ साउन : पाकिस्तानको ७६औँ स्वतन्त्रता दिवसको अवसर बिहिबार काठमाडौंमा बिशेष स्वागत समारोहको आयोजना गरिएको छ । नेपालस्थित पाकिस्तानी राजदूतावास र नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघले संयुक्तरूपमा आयोजना गरेको उक्त कार्यममा प्रमुख अतिथिको रुपमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवको उपस्थिति रहेको थियो ।

स्वागत कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले नेपाल र पाकिस्तानबीचको घनिष्ठ सौहार्दपूर्ण सम्बन्धको स्मरण गर्नुभयो । उहाँले नेपाल र पाकिस्तानबीच परम्परागत रूपमा मैत्रीपूर्ण सम्बन्ध रहेको र विभिन्न क्षेत्रमा व्यापक रूपमा फैलिएको बलियो बन्धन र सम्बन्धको विकास भएको उल्लेख गर्नुभयो । राजदूत हाशमीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई प्रवर्द्धन गर्न नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघले गरेको प्रयासको प्रशंसा गर्नुभयो ।उहाँले दक्षिण एसियाका जनताको आकांक्षाअनुरूप शान्ति र विकासका लागि पाकिस्तान प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

त्यसैगरी नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघका अध्यक्ष डा. मञ्जु रत्न साक्यले नेपाल–पाकिस्तान सम्बन्धलाई थप प्रवद्र्धन गर्न र यसलाई नयाँ उचाइमा पुर्‍याउन संघ विगत ६२ वर्षदेखि सक्रिय रहेको बताउनुभयो । कार्यक्रममा नेपालका नागरिक समाजका सदस्य, बुद्धिजीवी, पत्रकार, कूटनीतिज्ञ र पाकिस्तानी समुदायको सहभागिता रहेको थियो ।

संबन्धित शिर्षकहरु

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा भने गिरावट

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने