बार्सा र भिल्ला रियलको खेलमा ७ गोल : बार्सिलोना विजयी

काठमाडौं, ११ भाद्र : स्पेनिस लिगमा बार्सिलोना र भिल्लारियलबीचको खेलमा ७ गोल भएको छ । रियलको मैदानमा बार्सिलोना ४–३ गोलले विजयी भयो । बार्सिलोनाका जिताउन अन्तिम गोल रोबर्ट लेवान्डोस्कीले गरे ।

त्यसको तीन मिनेट अघि फेरान टोरेसले बराबरी गोल फर्काएका थिए । घरेलु टोलीका लागि जुआन फोयथ, अलेक्जेन्डर सोरलोथ र एलेक्स बेनले गोल गरेका थिए । खेलको सुरुआतमै बार्सिलोनाले जाभी र फ्रेन्क डि जोङको गोलमा अग्रता बनाएको थियो ।

बार्सिलोनाले स्पेनिस लिगको सुरुआती तीन खेलबाट ७ अङ्क जोडेको छ । शीर्ष स्थानको रियल मड्रिड भन्दा बार्सा दुई अङ्कले पछि छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा