चितवनमा आज एकै दिन २० जनामा कोरोना संक्रमण पुष्टि

चितवन, २६ जेठ :
चितवनमा आज (सोमबार) एकै दिन २० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा आज गरिएको परीक्षणमा २० जना भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको  भरतपुर अस्पताल स्रोतले जानकारी दिएको छ ।

ती मध्ये १७ जना चितवनका हुन् भने तीन जना नवलपरासीका हुन् । कोरोना संक्रमित मध्ये दुई जना चिकित्सक पनि छन् । उनीहरु भरतपुरको एक निजी अस्पतालमा काम गर्ने चिकित्सक भएको जनाइएको छ ।

संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका भित्रका ४ जना, माडीका ६ जना, पुरानो मेडिकल कलेज (सीएमएस)का २ जना, नारायणी सामुदायिक अस्पतालका तीन जना, भरतपुर अस्पतालका एक जना र क्यान्सर अस्पतालका एक जना रहेका छन् ।

चितवनका संक्रमित मध्ये अधिकांश माडी र भरतपुर महानगरपालिकाका छन् । आइतवार करीव ३ सय जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा कतिपय स्वाबको परीक्षण बाँकी नै छ ।

संबन्धित शिर्षकहरु

गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समाराेह समिति गठन

जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा