चौतारीको भवन निर्माणका लागि उपमेयर उप्रेतीले गरिन आर्थिक सहयोग

चितवन, १० असोज : खैरहनी नगरपालिकाका उपमेयर कविता उप्रेतीले प्रेस चौतारी चितवनको भवनका लागि आर्थिक सहयोग गरेकि छन्। उपमेयर उप्रेतीले भवन निर्माणका लागि बुधबार नगद २५ हजार रुपैयाँ सहयोग गरेकि हुन् । चौतारीका जिल्ला सचिव ध्रुवराज खनाललाई उपमेयर उप्रेतीले सो रकम हस्तान्तरण गरेकी थिइन् ।
भरतपुर महानगरपालिका वडा नं. ११ बसेनीमा चौतारीको भवन निर्माण भईरहेको छ । सो भवन प्रेस चौतारीको देश कै पहिलो भवन हो । देशभरका चौतारी मध्य चितवनले पहिलो पटक भवन निर्माण गरिरहेको चौतारी सचिव खनाल मार्फत थाहा पाए सहकार्य गरेको उपमेयर उप्रेतीले बताइन् ।
चौतारीको भवन निर्माण भएपनी सबैले साझा अपनत्व ग्रहण गरेको भन्दै उपमेयर उप्रेतीले आर्थिक सहयोग गरेकोमा सचिव खनालले धन्यवाद दिए । जनप्रतिनिधिले गरेको सहयोगले संगठनलाई हौसला, उत्पेरणा र उर्जा मिलेको उनले बताए।
समाजसेवी केशव कार्कीले उपलब्ध गराएको झण्डैं १० धुर जग्गामा बन्दै गरेको भवनको पहिलो तलाको काम सकिएर दोस्रो तल्लाको काम सुरु भएको छ । साढे ३ तले भवनका लागि १ करोड ५० लाख लागत अनुमान गरिएको छ ।

संबन्धित शिर्षकहरु

प्रतिनिधि सभाको बैठक आज बस्दै: (सम्भावित-कार्यसूचीसहित)

सुनचाँदीको भाउ आज पनि घट्यो

आज काठमाण्डौ उपत्यकासहित १८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम