चितवनमा बिहानैदेखि लकडाउन कडाः मर्निङवाकमा निस्कनेको संख्या घट्यो

भरतपुर, २८ जेठ ।
कोरोना भाईरसको मुख्य संक्रमण थलो बन्दै जान थालेपछि चितवनमा लकडाउनमा थप कडाई गरिएको छ । हिजो मंगलबारदेखि नै कडाई गरिएकोमा आज पनि थप सुरक्षा सतर्कता अपनाईएको हो । बिहानैदेखि जिल्लाका मुख्य मुख्य क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिती देखिएको छ ।

यता भरतपुरमा अन्य दिनको तुलनामा मर्निङ वाकमा निस्कने सर्बसाधारणको सङ्ख्यामा समेत निकै कमी आएको देखिएको छ । मासु पसल, दुध डेरी लगायतका दोकानहरु पनि तुलनात्मक रुपमा कम खुलेका छन् ।

सोमबार चितवनमा एकैदिन ३० जनामा कोरोना संक्रमण देखिएपछि जिल्लाबासी बढी सतर्क देखिएका छन् । भरतपुर महानगरको वडा नम्बर ११ का दुईजनामा संक्रमण देखिएकोमा मंगलबार एकको निधन भएपछि अवस्था असामान्य बनेको छ ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले संक्रमितको संख्या एकैपटक धेरै संख्यामा वृद्धि भएकाले कडाई गरिएको बताउनु भयो ।

संबन्धित शिर्षकहरु

गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समाराेह समिति गठन

जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा